Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको ०८३ वैशाखमा गर्न प्रस्ताव

नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशनको ०८३ वैशाखमा गर्न प्रस्ताव

काठमाडौँ : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १२औँ केन्द्रीय महाधिवेशनको लागि विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । आजबाट काठमाडौँमा सुरु भएको सिनेट बैठकमा अध्यक्ष दुजाङ शेर्पाले ०८३ वैशाख २० र २१ गते १२ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । 
 
बैठकमा पेस गरिएको कार्यतालिकामा यही चैत्र ११ गते अधिवेशनको लागि प्रतिनिधि चयन र प्रतिनिधिहरूको नामावली प्रकाशन गरिने उल्लेख छ । त्यसपछि चैत्र २४ गते माध्यमिक विद्यालयको अधिवेशन (सभा) आयोजना गर्ने, चैत्र २६ गते स्थानीय तहका गाउँ–नगर अधिवेशन (सभा), चैत्र २९ गते क्याम्पस–कलेज–प्रतिष्ठान अन्तर्गतका शिक्षालयहरूको अधिवेशन (सभा) सम्पन्न गरिनेछ ।

त्यसैगरी, वैशाख ६ गते ७७ जिल्ला अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाईको अधिवेशन तथा वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिको अधिवेशन गर्ने प्रस्ताव छ । 
 
वैशाख १५ गते प्रदेश अधिवेशन गर्ने पनि प्रस्ताव गरिएको छ । बैठक जारी रहेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट