Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपालको निर्वाचनलाई युरोपेली संघको स्वागत

नेपालको निर्वाचनलाई युरोपेली संघको स्वागत

काठमाडौँ : युरोपेली संघ (ईयू) ले नेपालमा हालै सम्पन्न आम निर्वाचनको सफलतापूर्वक आयोजना भएकोमा खुसी व्यक्त गर्दै स्वागत गरेको छ। ईयूका परराष्ट्र मामिला तथा सुरक्षा नीति प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएकोमा सन्तोष प्रकट गरेका हुन्।

उनले नेपालको अन्तरिम सरकार, निर्वाचन आयोग र सुरक्षा निकायहरूलाई निर्वाचनलाई मर्यादित ढंगले सम्पन्न गराएकोमा बधाई समेत दिएका छन्। नेपालमा लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन निर्वाचनको ठूलो भूमिका रहेको उल्लेख गर्दै युरोपेली संघले यसलाई सकारात्मक कदमको रूपमा लिएको छ। विज्ञप्तिमा भनिएअनुसार ईयूले नेपालसँगको लामो समयदेखिको साझेदारीलाई आगामी दिनमा अझै गहिरो र मजबुत बनाउन चाहेको छ। दुवै पक्षका साझा प्राथमिकताका क्षेत्रहरूमा सहकार्य गर्दै विकास र समृद्धिका लागि अघि बढ्ने ईयूको योजना रहेको छ।

नेपालको विकास र लोकतन्त्रको सुदृढीकरणमा युरोपेली संघले निरन्तर सहयोग गर्दै आएको छ। यो निर्वाचनपछि बन्ने नयाँ नेतृत्वसँग मिलेर काम गर्न र नेपालको प्रगतिमा साझेदार बन्न आफूहरू उत्सुक रहेको ईयूले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट