Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ भर्लेमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरी बस्ने ३४ वर्षीय खिमबहादुर सोमईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् डिएसपी होमप्रकाश चौधरीका अनुसार लु २ ख २००१ नम्बरको टिपर सडकबाट करिब दुई सय मिटर तल खस्दा चालक सोमई गम्भीर घाइते भएका थिए ।

उनलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको डिएसपी चौधरीले जानकारी दिए । सिद्देश्वरबाट सर्देवातर्फ जाँदै गर्दा गएराति ९ बजेर २० मिनेटमा टिपर दुर्घटना भएको थियो । दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट