काठमाडौँ : साताको पहिलो कारोबार दिन आईतबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज परिसूचक नेप्से २७.५९ अंकले घटेर २ हजार ६१४ विन्दुमा पुगेर बन्द भएको हो ।
आज १ करोड ५९ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६९ करोडको कारोबार भएको नेप्सेले जनाएको छ । यसदिन ३४ कम्पनीको सेयरमूल्य बढेको छ भने २२० कम्पनीको सेयरमूल्य घटेको छ । साथै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
सालपा विकास बैंकको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक कारोबार आँखु खोला जलविद्युत कम्पनीको भएको छ। सो कम्पनीको ६३ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, बद्धभूमी नेपाल हाइड्रोपावर, रिढी पावर र आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij