Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सर्वोच्चकाे आदेश : दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

सर्वोच्चकाे आदेश : दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

 काठमाडौँ : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा  प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश दिएको छ । 
 
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै  प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी भएको छ । दुर्गा प्रसाईको हकमा उमा प्रसाईले बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । प्रकाउ पर्नुअघि  प्रसाईंले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।  प्रसाईंले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए ।
 
यसअघि माघ २३ मा पनि पक्राउ परेका  प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका  प्रसाईंसँग प्रहरीले बयान लिएर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij