Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

इच्छाकामनाका व्यवसायीहरुलाई चितवन उद्योग वाणिज्य संघले दियो कर सम्बन्धी तालिम

इच्छाकामनाका व्यवसायीहरुलाई चितवन उद्योग वाणिज्य संघले दियो कर सम्बन्धी तालिम

इच्छाकामना : चितवनका उद्योगी व्यावसायीहरुको छाता संस्था चितवन उद्योग वाणिज्य संघले इच्छाकामनाका व्यवसायीहरुलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ । तालिम उद्योगी व्यवसायीहरुलाई आयकर  तथा मूल्य अभिवृद्धि कर लगायत मिसम्याच एवम् करका नीतिहरुका बारेमा जानकारी गराउने उद्देश्य तालिमको आयोजना गरिएको हो । तालिम चितवन उद्योग वाणिज्य संघको आयोजना एवम् GIZ RSRSD को प्राविधिक सहयोगमा इच्छाकामना गाँउपालिका स्थीत सिद्धार्थ रिसोर्टको सभाहलमा भएको थियो ।

तालिमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले व्यवसायिक सफलता प्राप्त गर्न करका नीति नियमहरूको बारेमा व्यवसायीहरूलाई जानकारी हुनपर्ने बताउँदै उहाँले सक्रिय रुपमा सहभागि भई लाभान्वित हुनका साथै जिज्ञासा लागेको कुरा निर्धक भएर प्रशिक्षकज्यूहरूलाई सोध्न सहभागिहरूलाई अनुरोध गर्नुभयो । कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि इच्छाकामना गाँउपालिकाका प्रमुख दानबहादुर गुरुङले कार्यक्रक सफलताको शुभकामना दिदै उहाँले निजी क्षेत्रका व्यवसायीहरूलाई समयमा नै कर तिर्न अनुरोध गर्दै देश विकासको मेरुदण्ड नै कर भएको बताउनुभयो । उहाँले कर सम्बन्धी जरिवाना तिर्न नहुने भन्दै करका बारेमा जानकारी सबै व्यवसायीहरुमा हुनुपर्ने बताउनुभयो । सोही कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका टिमलाई इच्छाकामनामा लगानी गर्न अनुरोध गर्दै लगानीको सुरक्षा गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।

WhatsApp Image 2026-02-07 at 12.06.59 PM.jpeg

कार्यक्रमको विशिष्ट अतिथि आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत पुण्य विक्रम खड्काले कर सम्बन्धी नीति नियमहरुका बारेमा नजान्दा व्यवसायीहरु दण्ड जरिवानामा पर्ने भएकाले व्यवसायीहरुले करका नीति नियमहरुको बारेमा जान्नुपर्ने बताउनुभयो । उहाँले प्रशिक्षकहरुलाई करका बारेमा बजारमा आएको समस्याका विषयलाई ध्यानमा राखेर सिकाउनु पर्ने बताउँदै कार्यक्रम  सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

दुई दिन सम्म चलेको तालिममा सिए विमन कार्की र सिए विशाल भट्टराईले कार्यक्रमको मध्यस्तता गर्नु भएको तालिममा इच्छाकामना क्षेत्रका उद्योगी व्यवसायी गरी ८० जनाको सहभागिता रहेको थियो । सोहि कार्यक्रममो अवसरमा इच्छाकामना उद्योग वाणिज्य संघले चितवन उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई वधाइ ज्ञापन कार्यक्रम समेत गरेको थियो । चितवन उद्योग वाणिज्य संंघको नवर्निवाचि कार्यसमितिलाई वधाई दिदै इच्चाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कुमार श्रेष्ठले आगामी दिनहरुमा पनि यहाँका व्यवायीहरुलाई आवश्यक तालिम उपलब्ध गराउन अनुरोध गर्नुभएको थियो ।

तालिमको उद्घाटन सत्रमा चितवन उद्याोग वाणिज्य संघको निर्वतमा अध्यक्ष सुमनकुमार श्रेष्ठ, उपाध्यक्ष दय नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के.सी, लगायत कार्यसमिति सदस्य, इच्छाकामना उद्योग वाणिज्य संघका पदाधिकारी कार्यसमिति लगायत उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

WhatsApp Image 2026-02-07 at 12.06.01 PM.jpeg
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट