Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

७२ वर्ष पुगिसकेका प्रचण्डले भने– अझै केही वर्ष भिड्छु

७२ वर्ष पुगिसकेका प्रचण्डले भने– अझै केही वर्ष भिड्छु

काठमाडाैं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अझै केही वर्ष सक्रिय रहने बताएका छन्। ७२ वर्ष पुगे पनि आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले राजनीतिबाट आफू निष्क्रिय नहुने स्पष्ट पारेका हुन्। 

काठमाडाैं सुकेधारामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका संयाेजक प्रचण्डले युवाहरुलाई भने प्रशस्त समय र अवसर रहेको बताए। ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु', उनले भने, 'तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ। अवसर आउँछ।’
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकाे साेलुखुम्बुमा नेकपाबाट असीम राई प्रत्यक्षतर्फका उम्मेदवार छन्। उनका लागि मत माग्दै प्रचण्डले विगतमा साेलुखुम्बुलाई विशेष रुपमा हेरेको र भविष्यमा पनि हेर्ने आश्वासन दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट