काठमाडौँ : सिरहामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच चुनावी सहकार्य गर्ने सहमति भएको छ ।
शुक्रबार सिरहा क्षेत्र नम्बर–२ मा दुई पार्टीबिच चुनावी सहकार्य गर्ने सहमति भएको हो । प्रलोपाका केन्द्रीय सदस्य एवं सिरहा जिल्ला इन्चार्ज अरविन्द यादवले सिरहा–२ मा रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने गरी चुनावी सहकार्य भएको बताए । यहाँ रास्वपाका शिव यादव प्रतिनिधि सभा उम्मेदवार बनेका छन् ।
जनताको हित सुशासन,लोकतान्त्रिक मूल्यमान्यता र परिवर्तनमुखी राजनीतिक अभ्यासलाई मजबुत बनाउन रास्वपालाई समर्थन गरिएको प्रलोपाका नेता यादवले बताए ।नेता यादवले भने, ‘पार्टीको निर्णय भन्दा पनि जिल्ला तथा क्षेत्रका नेता तथा कार्यकर्ताको भावना अनुसार रास्वपालाई समर्थन गरेका हौँ।’रास्वपाका शिव यादव र प्रलोपाका अरविन्द यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij