Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

वीरगञ्ज नाकाबाट ६ महिनामा चार खर्ब ३८ अर्बका सामान आयात

वीरगञ्ज नाकाबाट ६ महिनामा चार खर्ब ३८ अर्बका सामान आयात

वीरगञ्ज : वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५‍‍.३० प्रतिशतले बढी आयात भएको हो। गत आवको छ महिनामातीन खर्ब ८० अर्ब छ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेख्य वृद्धि भएको जानकारी दिए।

चालु आवको छ महिनामा ९० अर्ब छ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ ।३९ अर्ब तीन करोड मूल्यपर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । चालु आवको छ महिनामा ३० अर्ब एक करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने रू २७ अर्ब ७२ करोड मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ । 

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै १९ अर्ब चार करोड मूल्य पर्ने कपडा आयात भएका छन्। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट