काठमाडौँ : सानोथिमि स्थित बाल सुधारगृहको अहिलेको अवस्था सामान्य बनेको छ । सुरक्षाका लागि भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । बिहीबार राति बाल सुधारगृहमा दुई समूह बिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको थियो ।
दुई समूह बिच झडप हुँदा नियन्त्रणकाका लागि थिमि प्रहरी वृत्तका प्रमुखको नेतृत्वमा टोली परिचाल गरिए पनि प्रहरीमाथि नै ढुङ्गा प्रहार भएको प्रहरीले जानकारी दिएको छ । बाल सुधारगृहका दुई समूहबिच भएको झडप आगजनी र तोडफोडमा परिणत भएको थियो र आगो नियन्त्रकका लागि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्र परिचालन गरिएको थियो ।
सो सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना रहेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij