Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

एउटै क्षेत्रमा कांग्रेसका दुई उम्मेदवारले मनोनयन गरेपछि कार्यकर्तामा अन्योल

एउटै क्षेत्रमा कांग्रेसका दुई उम्मेदवारले मनोनयन गरेपछि कार्यकर्तामा अन्योल

पूर्व नवलपरासी : पूर्वी नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका दुई जना उम्मेदवारले मनोनयन दर्ता गराएपछि कार्यकर्ता र मतदाता अन्योलमा परेका छन् । यहाँ कांग्रेसका जिल्ला उपभापति बालकृष्ण घिमिरे र महासमिति सदस्य गजेन्द्रबहादुर आलेले कांग्रेस सभापति गगन थापाको हस्ताक्षर भएको पत्र ल्याएर आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । घिमिरेको दर्ता नम्बर १५ रहेको छ भने आलेको १७ रहेको छ । दुवैले कांग्रेसको आधिकारिक उम्मेदवार आफू हुँ भन्दै प्रचार गरेपछि कार्यकर्ता र मतदाता अन्योलमा परेका छन् ।

दुई नेताको पक्षमा विभाजित कार्यकर्ताले आफू निकटको उम्मेदार आधिकारिक हो भन्दै सामाजिक सन्जाल रंगाएका छन् । केन्द्रले मनोनयन दर्ता गराएको १८ घण्टा बितिसक्दा पनि उम्मेदवार यकिन गर्न नसक्दा अन्योल बढेको हो ।

 

‘यो त बरमझियाको पेडा पसलजस्तो भयो, कुन सक्कली कांग्रेस हो भन्ने छुट्याउनै गाह्रो भयो,’ स्थानीय मतदाता विष्णु पौडेलले भने, ‘दुवै कांग्रेस हुन् । अब को ठिक, को बेठिक भन्ने !’ यस्तो जटिल विषयमा कांग्रेसले चाँडो निर्णय लिनपर्ने उनले सुझाए ।

 

नेपाली कांग्रेसले २०४८ सालयताका सबै संसदीय निर्वाचन जित्दै आएको पूर्वी नवलपरासी क्षेत्र नम्बर १ कांग्रेसको गढ भनेर चिनिन्छ । यहाँ यसअघिका ४ वटा निर्वाचनमा कांग्रेस नेता डा शशांक कोइरालाले लगातार जितेका थिए । मुख्य निर्वाचन अधिकृत कमल ज्ञवालीले दुई वटा उम्मेदवारीका बारेमा दाबी विरोधको प्रक्रियापछि टुंगो लगाइने जानकारी दिए ।

 

उता नवलपरासी पश्चिमको क्षेत्र नम्बर २ मा पनि यस्तै अवस्था रहेको छ । त्यहाँ कांग्रेस नेता भीमबहादुर थापा (भरत) र देवेन्द्रराज कँडेल दुवैले कांग्रेसबाट उम्मेदवारी दर्ता गराएका छन् । थापा सभापति गगन थापा निकट मानिन्छन् भने कँडेल शेरबहादुर देउवा निकट हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij