Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नवौँ पटक चुनाव लड्दै पृथ्वीसुब्बा गुरुङ

नवौँ पटक चुनाव लड्दै पृथ्वीसुब्बा गुरुङ

पोखरा : नेपालको संसदीय राजनीतिमा सबैभन्दा बढी निर्वाचनमा उम्मेदवार बन्नेहरूमा पृथ्वीसुब्बा गुरुङ एक हुन् । उनी २०४३ सालदेखिका सबै संसदीय निर्वाचनमा उम्मेदवार बनेका छन् । २०४३ सालमा लमजुङ क्षेत्र २ बाट जनपक्षीय उम्मेदवार बनेका उनी ०४८ मा मालेका तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । २०५१ र ०५६ सालमा पनि गुरुङ सोही क्षेत्रबाट उम्मेदवार बनेर हारेका हुन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा भने उनी पहिलो पटक निर्वाचित भए । तर, २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट पराजित भए । त्यसपछि २०७४ को निर्वाचनमा लमजुङ प्रदेशसभा (ख) बाट प्रदेश सांसदमा निर्वाचित भएर उनी गण्डकीको संस्थापक मुख्यमन्त्री बने । मुख्यमन्त्री बनेपछि उनी २०७९ निर्वाचनमा लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

अहिले फेरि प्रतिनिधिसभाकै निर्वाचनमा उनी प्रतिस्पर्धी बन्ने पक्का भएको छ । शनिबार राति एमाले उपाध्यक्ष समेत रहेका गुरुङलाई लमजुङको टिकट थमाएको हो । लमजुङ एमालेले गुरुङसहित ६ जनाको नाम सिफारिस गरेको थियो । 

नेताहरू जमिन्द्रमान घले, धनञ्जय दवाडी, कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस भए पनि पिएसले नै टिकट उछिट्याएका छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij