Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

ओलीविरुद्ध उभिएका अधिकांश नेताहरूले पाएनन् टिकट

ओलीविरुद्ध उभिएका अधिकांश नेताहरूले पाएनन् टिकट

काठमाडौँ:  नेकपा एमालेले हिजो शनिबार अन्तिम उम्मेदवार सूची टुंग्याउँदा गत महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उभिएका अधिकांश नेताहरूले टिकट पाएनन्।एमालेको उम्मेदवार छनोट प्रक्रियामा ओली समूहसँग प्रतिस्पर्धा गरेका लगभग सबै नेताहरूको टिकट काटिएको हो।

अध्यक्ष ओलीले आफ्नै समूहमा रहेका नेताहरूलाई प्राथमिकता दिँदै ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका नेताहरूको स्थानमा आफ्ना समर्थकलाई उम्मेदवार बनाएका छन्।

योगेश भट्टराईको ठाउँमा ताप्लेजजुङमा अध्यक्षले टुंग्याउने गरी खाली राखिएको छ भने तेह्रथुमबाट भानुभक्त ढकाललाई टिकट दिइएको छ। त्यस्तै, यसअघि रुपन्देहीबाट प्रतिस्पर्धा गर्दै आएका विष्णु पौडेललाई पाल्पा- २ बाट उम्मेदवार बनाइएको छ। पौडेलले पाल्पा- २ बाट टिकट पाएसँगै त्यहीँबाट आकांक्षी ठाकुर गैरेको टिकट काटिएको छ।

ओलीविरुद्ध उभिएका नेताहरू ईश्वर र योगेशसहित, गोकुल बाँस्कोटा, विनोद ढकाललगायतले यसपटक टिकट नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij