Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

उम्मेदवार सूचीमा आफ्नो नाम नपरेपछि योगेशले भने -विचलित नहुनू

उम्मेदवार सूचीमा आफ्नो नाम नपरेपछि योगेशले भने -विचलित नहुनू

काठमाडौँ: नेकपा एमालेले प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याएपछि उत्पन्न विवादका बीच उपमहासचिव योगेश भट्टराईले पार्टीका नेता-कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन्।एमालेको केन्द्रीय सचिवालयले शनिबार राति उम्मेदवारी टुंग्याउँदा योगेश भट्टराई र गोकुल बाँस्कोटालगायत केही नेताहरूको नाम सूचीमा समावेश गरेको छैन।

भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो स्थान र हैसियतअनुसार सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’

यसअघि ताप्लेजुङबाट टिकट पाएर प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका भट्टराईले यसपटक भने टिकट पाएनन्। यता, उनीसँगै फरक धारमा रहेका अर्का उपाध्यक्ष गोकर्ण विष्टले भने अघिल्लो निर्वाचन क्षेत्र गुल्मी-२ बाट पुनः टिकट पाएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओली झापा- ५ बाट उम्मेदवारी दिँदै छन् भने उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट उम्मेदवार बनेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij