काठमाडौँ : पत्रकार सुनिल दाहाल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेका छन् । लामो समय टेलिभिजनमा जनपक्षीय पत्रकारिता गर्दै आएका दाहाल सिन्धुली–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट उम्मेदवार आकांक्षी बनेका हुन् ।
नयाँ पार्टीबाट चुनावी प्रतिस्पर्धामा होमिन लागेका दाहाल सिन्धुलीका स्थायी बासिन्दा हुन् । टेलिभिजन अन्तर्वार्तामार्फत दाहालले फरक र स्पष्ट धारणा राख्दै राम्रो छवि बनाएका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij