काठमाडौँ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार बस्दैछ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बज बस्नेछ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न सचिवालय बैठक बस्ने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए।
एमालेले जिल्ला हुँदै प्रदेश कमिटीले सिफारिस गरी पठाएका नाममध्येबाट अन्तिम नामावली तयार पार्दैछ। यसअघि एमालेले एक महिलासहित कम्तीमा दुई जनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
राष्ट्रिय सभामा कांग्रेससंग चुनावी तालमेल गरेको एमालेले प्रतिनिधिसभामा पनि मिलेर जाने बताएको थियो । विषेश महाधिवेसनपछि कांग्रेसमा आएको फुटपछिको परिस्थितीबारे पनि एमालले बैठकमा छलफल गर्नेछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो निर्वाचन आयोगले कांग्रेसको गगन पक्षलाई मान्यता दिएपछि कांग्रेसको विभाजनले मुलुकको प्रजातन्त्रमा गम्भीर चिन्ता बढाएको उल्लेख गर्नुभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij