Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सरकार र दुर्गा प्रसाईँबिच सम्झौतापत्रमा हस्ताक्षर

सरकार र दुर्गा प्रसाईँबिच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ :  सरकार र राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँ बिचको वार्ता सकिएको छ  ।सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गरेका छन् । 

दुई पक्षको बिचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले बताए ।  सरकारको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका मन्त्री खरेलले २७ बुँदे माग र सवालहरूमा हस्ताक्षर गरेका हुन् । 

प्रसाईँले यसअघि आफ्ना माग पुरा नभएको भन्दै फागुन १ बाट आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसो देखी सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij