काठमाडौँ : गगन थापा नेतृत्वको कांग्रेसले आधिकारिकता पाएपछि कांग्रेस देउवापक्षले त्यसलाई षड्यन्त्र भन्दै सबै कानुनी र राजनीतिक लडाईं लड्ने बताएको छ।आयोगले गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्णय सुनाएलगत्तै देउवापक्षले उक्त प्रतिक्रिया दिएको हो। देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय गरेको आरोप पनि लगाए।
उनले सेटिङमै निर्णय भएको दावी गर्दै एक पक्षीय निर्णय भएको प्रतिक्रिया दिए। पत्रकारसँग कुरा गर्दै उनले आफूहरूलाई आयोगले एकपटक पनि नसोधेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij