Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

झापामा ओली र बालेनलाई पछार्नेछौँ : हर्क साङपाङ

झापामा ओली र बालेनलाई पछार्नेछौँ : हर्क साङपाङ

काठमाडौँ :  श्रम,संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले झापामा एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगर प्रमुख बालेन शाहलाई पछार्ने बताएका छन् ।धरान उपमहानगरपालिकाका प्रमुख समेत रहेका साम्पाङले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । उनले भने,'हामी केपी ओली र बालेन शाह दुवैलाई झापा–५ मा पाहा पछराइ पछार्नेछौँ ।'

जति नै भ्रमको अँध्यारो छरे पनि आफू आएर बोलेपछि एक सेकेण्ड पनि भ्रम नटिक्ने उनले दाबी गरे ।  झापा क्षेत्र नम्बर ५ पूर्वप्रधानमन्त्री समेत रहेका ओलीकाे निर्वाचन क्षेत्र हो । यही निर्वाचन क्षेत्रबाट बालेन आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने चर्चा छ । 

 

dgh_LBVQbz2Om3.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij