Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

विप्लव र मिराज ढुंगानाबीच चार बुँदे सहमति, सर्वपक्षीय सरकारका लागि संघर्ष गर्ने

विप्लव र मिराज ढुंगानाबीच चार बुँदे सहमति, सर्वपक्षीय सरकारका लागि संघर्ष गर्ने

काठमाडौँ : नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ। बिहीवार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए।

हस्ताक्षरपछि माइतिघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दावी गरे।उनकाअनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेन–जी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो। उनले आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने जिकिर गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij