Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

स्वजागरणलाई सबै तहमा संस्थागत गर्नुपर्ने अपरिहार्य: प्रधानमन्त्री कार्की

स्वजागरणलाई सबै तहमा संस्थागत गर्नुपर्ने अपरिहार्य: प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले स्वजागरणलाई सबै तहमा संस्थागत गर्दै दैनिक जीवनको अभिन्न हिस्सा बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।

बुधबार सिंहदरबारमा आयोजित सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रममा प्रधानमन्त्री कार्कीले स्वजागरण अभियानले नैतिकता, सदाचार र सेवाभावयुक्त जनशक्ति निर्माण गरी मुलुकमा सुशासन स्थापनामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

नेपालमा भएका विभिन्न सामाजिक तथा राजनीतिक आन्दोलनहरू, साथै जेनजी पुस्ताबाट उठ्दै आएको सदाचार र सुशासनको मागलाई ध्यानमा राख्दै अब स्वजागरणलाई राज्यका सबै तहमा संस्थागत गर्नुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री कार्कीले स्वजागरणले व्यक्तिलाई पहिले आफूलाई व्यवस्थित, अनुशासित र सचेत बनाउन प्रेरित गर्ने भएकाले यसको महत्व अझ बढेको बताइन्। सुशासनको आधार नै स्वजागरण भएको उल्लेख गर्दै उनले यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा जीवन विज्ञानका संस्थापक एलपी भानु शर्माले स्वजागरणसम्बन्धी प्रवचन दिएका थिए। कार्यक्रममा मन्त्रीहरू, नेपाली सेनाका प्रधान सेनापति, विभिन्न सुरक्षा निकायका उच्च अधिकारी, मुख्य सचिव तथा सचिवहरू, विभागीय प्रमुखहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij