Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

सभापतिमा गगनको उम्मेदवारी दर्ता

सभापतिमा गगनको उम्मेदवारी दर्ता

काठमाडौँ : नेपाली कांग्रेसको सभापति पदमा महामन्त्री गगन थापाको उम्मेदवारी दर्ता भएको छ । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन समितिका अनुसार सभापति पदमा उनको एकल मनोनयन दर्ता भएको हो ।

महामन्त्रीसहितका पदाधिकारीका पदमा पनि मनोयन दर्ता भएको निर्वाचन समितिका संयोजक सीताराम केसीले बताए ।  यस्तै, संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्य लिएर विशेष महाधिवेशनमा सहभागी हुने पुष्पा भुसालले सहमहामन्त्री पदमा उम्मेदवारी दिएकी छन् । यसैबीच विशेष महाधिवेशनस्थलमा मनोनयन दर्ताका साथसाथै उम्मेदवारी फिर्ताको फाराम समेत सँगसँगै भर्ने कार्य भइरहेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट