Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

दुई महामन्त्रीका प्रस्ताव पारित गर्दै बन्दसत्र स्थगित

दुई महामन्त्रीका प्रस्ताव पारित गर्दै बन्दसत्र स्थगित

काठमाडौँ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु भएको बन्दसत्रमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रस्ताव पारित भएका छन्।

सोमवारको बन्दसत्रमा महामन्त्री थापाले राख्नुभएको समसामयिक राजनीतिक प्रस्ताव र शर्माले राख्नुभएको पार्टीको साङ्गठनिक प्रस्ताव आजको बन्दसत्रले पारित गरेको हो।  

बन्दसत्रमा सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिका छुट्टाछुट्टै नौ समूह बनाएर गहन छलफल गरी आज पारित गरिएको हो। पारित भएसँगै आजका लागि वन्दसत्र स्थगित गरिएको छ। hrb-ktm-291000007854copy-(1)_IrOTNOhHTy.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij