काठमाडौँ : अभियन्ता सुमन सायमि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् । आगामी निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा छन् सायमि । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष उनलाई नेकपाले बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा एक कार्यक्रम गरी प्रवेश गराउने जनाएको छ ।
२०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयरमा उठेका सायमिले १३ हजारभन्दा बढी मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ–८ बाट उम्मेदवार बनेका उनी रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए ।
सायमि गुठी आन्दोलनका मुख्य अभियन्ता मानिन्छन् । उनीसँगै अन्य केही नेता तथा युवाहरू भोलि पार्टी प्रवेश गर्ने नेकपाले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति पार्टीबाट सायमि काठमाडौँ –८ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका थिए । उनलाई पार्टीले काठमाडौँ–८ बाट सिफारिस गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij