काठमाडौँ : केही दिन अघि त्रिशुली नदीमा भेटिएको बस डेढ वर्षअघि चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट भेल पहिरोले बगाएर त्रिशुली नदीमा खसालेको गणपति डिलक्स भएको पुष्टि भएको छ। आइतवार बिहान केही भाग देखिएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोतलिरहेको बस गणपति डिलक्स नै रहेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले थाहाखबरलाई जानकारी दिए।
खोतल्दा गणपति डिलक्स लेखिएको भाग भेटिएको छ। अहिले पनि बस निकाल्य कार्य जारी छ। विसं २०८१ असार २८ मा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २४९५ नम्बरको गणपति बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो।
दुवै बसमा गरी ६५ जना यात्रु सवार थिए। तीमध्ये ३ जनाले ज्यान जोगाएका थिए भने अन्य ६२ जना यात्रु बससँगै नदीमा बेपत्ता भएका थिए। सो दुर्घटनापछि २६ जनाको शव फेला परेको थियो। बाँकी यात्रु अझै बेपत्ता छन्। त्रिशुली वारी धेरै खोजिए पनि बस भने पारी फेला परेको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij