Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राप्रपामा मिसिए दुई दल

राप्रपामा मिसिए दुई दल


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ । मंगलबार राप्रपा पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो ।

राप्रपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताहरूले एकीकरण घोषणा गरेका हुन् ।

एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिन्ह कायम राख्ने सहमति भएको छ । एकीकरणले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थिति जनाउने अपेक्षा गरिएको छ । यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग ल्याउने विश्लेषकहरूको मत छ । एकीकृत पार्टीले हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई मुख्य एजेन्डा बनाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij