Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

नेपाली कांग्रेसको विवाद :   त्रिपक्षीय वार्ता सुरु

नेपाली कांग्रेसको विवाद :   त्रिपक्षीय वार्ता सुरु


काठमाडौँ : नेपाली कांग्रेसको विवाद मिलाउन विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीच त्रिपक्षीय वार्ता सुरु भएको छ । मंगलबार बिहान लाजिम्पाटस्थित एक नेताको घरमा वार्ता सुरु भएको वार्ता समितिका एक सदस्यले जानकारी दिए ।

वार्तामा महाधिवेशन पक्षधरहरुका तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज लिसे, मधु आचार्य सहभागी छन् भने शेखर कोइरालाबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा संस्थापनका तर्फबाट रमेश लेखक र बालकृष्ण खाँण रहेका छन् ।

हिजो महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई आफ्नो बटमलाइन पेश गरेका थिए ।संस्थापन पक्षले महामन्त्रीहरुको नेतृत्वमा जारी दोस्रो विशेष महाधिवेशनलाई अपनत्व लिने काम भएको छैन । यता महाधिवेशनमा भने बहुमत प्रतिनिधिहरु सहभागी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij