Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कांग्रेसका संस्थापन र शेखरले पनि बनाए वार्ता समिति

कांग्रेसका संस्थापन र शेखरले पनि बनाए वार्ता समिति

काठमाडौँ :  भृकुटीमण्डपमा विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ।वार्ता समितिमा बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डाक्टर मिनेन्द्र रिजाल रहेका छन्। खाण र लेखक सभापति देउबाको तर्फबाट र डाक्टर रिजाल र परियार नेता कोइरालाको तर्फबाट सदस्य हुन् । विशेष महाधिवेशन पक्षधरले सोमबार साँझ ४ सदस्य वार्ता समिति बनाएको थियो। 

केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य तथा २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सङ्कलन गर्ने कार्यको नेतृत्व गरेका नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा छन् । दुई वार्ता समितिबिच अहिले केहीबेरमा वार्ता हुने नेताहरूले बताएका छन्।

विवादकै बिच नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पनि आज बस्ने भएको छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी कार्यसमिति बैठक बोलाइएको हो । यता काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहान ९ बजेबाट पुनः सुरु हुने भएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij