काठमाडौँ : प्रबस आयुर्वेदिकले आज आफ्नो अर्को नयाँ कार्यालयको औपचारिक शुभारम्भ गरेको छ। सानो सोच र दृढ विश्वासबाट सुरु भएको कम्पनीले दुई वर्षको निरन्तर मेहनतपछि आफूलाई एक स्थापित व्यवसायका रूपमा उभ्याउन सफल भएको हो। प्रबस आयुर्वेदिकका संस्थापक विभोर न्यौपाने रहेका छन्।
कम्पनीका अनुसार निकट भविष्यमै नेपालका सबै प्रमुख शहरहरूमा सेवा विस्तार गर्ने लक्ष्यसहित प्रबस आयुर्वेदिक अघि बढिरहेको छ। आयुर्वेदिक उपचार तथा स्वास्थ्य सेवाको क्षेत्रमा विश्वासिलो पहिचान बनाउँदै आएको कम्पनीले गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। संस्थापक न्यौपानेले आमाबुबाको नाम समावेश गरी कम्पनीको नामकरण गर्नु आफूका लागि सम्मान र गर्वको विषय भएको बताए। हरेक चरणमा आमाबुबाको माया, साथ र आशीर्वाद नै आफ्नो मुख्य प्रेरणाको स्रोत बनेको उनको भनाइ छ। निरन्तर सोच, धैर्य र कठोर मेहनतका माध्यमबाट असम्भव देखिने लक्ष्य पनि हासिल गर्न सकिने सन्देश आजको उपलब्धिले दिएको उनले उल्लेख गरे। यस सफल यात्रामा आमाबुबाको विश्वास र समर्थन निर्णायक रहेको जनाउँदै उनले परिवार, साथीहरू तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij