काठमाडौं : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ बन्दसूचीमा समावेश भएकामध्ये अहिलेसम्म ६१ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।सबैभन्दा बढी निवेदन जनमत पार्टीबाट २० जनाले दिएका छन् । यस्तै राप्रपाको १२ जना, नेकपा एमालेको ५ जना, विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जना रहेका छन् ।
निवेदन दिएका दलहरुलाई भोलि फिर्ता लिएको जानकारी दिइने निर्वाचन आयोगले जनाएको छ ।२ गतेसम्म दलले फिर्ता लिएको ठाउँमा नयाँ उम्मेदवारको नाम पेश गर्ने र ४ गते बन्दसूचीको प्रारम्भिक नामावली आयोगले सार्वजनिक गर्ने आयोगको तयारी छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij