Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

कांग्रेस महाधिवेशनको प्रस्तावमा बुढीगण्डकी आयोजना निर्माणको एजेन्डा

कांग्रेस महाधिवेशनको प्रस्तावमा बुढीगण्डकी आयोजना निर्माणको एजेन्डा

काठमाडौँ :  नेपाली कांग्रेस विशेष महाधिवेशनको प्रस्तावमा बुढीगण्डकी आयोजना निर्माण एजेन्डाको रूपमा आएको छ । महामन्त्री विश्वप्रकाश शर्माले उक्त आयोजना गैह्र आवासीय नेपाली र निजी क्षेत्रको साझेदारीमा बनाउने गरी जीपीपीए मोडल प्रस्ताव गरेको हो ।

प्रतिवेदनमा उक्त परियोजना निर्माणका लागि ‘रेडि टु टेक अफ’ स्थितिमा रहेको भन्दै फेवातालभन्दा १५ गुणा ठुलो ताल बन्ने, १२ सय मेगावाटको विद्युत् उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा सङ्कलन गरेर मधेसको पिउने पानी, सिँचाई र सुख्खा समस्या हल हुने भएकोले यस्तो परियोजना निर्माण सुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती रहेको बताइएको छ ।

शर्माले सुशासनको अभाव र हाम्रो शासकीय कमजोरीले यसको लगानी सुनिश्चितता हुन नसकेको समेत बताएका छन् । यो परियोजनामा अघि तत्काल अघि बढाउन प्रस्तावमा सरकारसँग अपिल समेत गरिएको छ ।केही डीपीआर तयार भइसकेको उक्त परियोजनामा झण्डै ४५ अर्ब मुआब्जा वितरण समेत भइसकेको छ । 

केही समयअघि निवर्तमान भौतिक ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङले यसलाई नेपाली लगानीमै बनाउने गरी मोडालिटी स्वीकृत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij