काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आइतवारदेखि भृकुटीमण्डमा जारी विशेष महाधिवेशनको बन्दसत्र मङ्गलवारसम्म लम्बिने भएको छ।कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल चलिरहँदा बन्दसत्रमा सो जानकारी दिइएको हो। सभापति शेरबहादुर देउवाले वार्ता गर्ने भएपछि विशेष महाधिवेशन लम्बिएको जनाइएको छ।
विशेष महाधिवेशन आयोजक समितिका अनुसार मङ्गलवारको बन्दसत्रमा नेतृत्वलगायतका विषयमा निर्णय लिनसक्ने बताइएको छ।
बन्दसत्रमा आज सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर छलफल भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij