Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको अन्तरिम सभापति बन्ने !

विशेष महाधिवेशनबाट गगन थापा कांग्रेसको अन्तरिम सभापति बन्ने !

काठमाडौँ : नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट कांग्रेसको अन्तरिम केन्द्रीय कार्यसमिति चयन गरिने भएको छ । महाधिवेशनको बन्दसत्रले पारित गरेको कार्यविधिमा नयाँ नेतृत्व चयनदेखि विधान संशोधन समेत गर्न सक्ने व्यवस्था उल्लेख छ । जसमा कांग्रेसको चौधौं महाधिवेशनपश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समितिको समेत विघटन गरिने छ ।

त्यसपछि विशेष केन्द्रीय महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ अनुसार संयोजकसहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने उल्लेख छ । जसले पुस २७ र २८ गतेको महाधिवेशन वैधानिक रहेको भनेर अनुमोदन गर्न सक्नेछ ।

कार्यविधिमा निर्वाचन सम्बन्धी व्यवस्था समेत उल्लेख छ । जसमा विधानको धारा १७ को उपधारा १ अनुसार नियमित महाधविेशन सम्पन्न नहुँदासम्मका लागि विधानको धारा १६ को १ बमोजिम केन्द्रीय महाधिवेशनको काम, कर्तव्य र अधिकार भित्र रही महाधिवेशन प्रतिनिधिहरुले विधानको धारा २१ बमोजिम केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने उल्लेख छ । यो व्यवस्था अनुसार हलको निर्णयका आधारमा महामन्त्री गगन थापा सभापति सहितको केन्द्रीय समिति वैशाखमा हुने नियमित महाधिवेशनसम्मका लागि चयन हुने देखिएको छ । कांग्रेसको नियमित महाधिवेशन आगामी वैशाख अन्तिम सातालाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij