Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

युवाहरूलाई अघि सार्छौं : संयोजक प्रचण्ड

युवाहरूलाई अघि सार्छौं : संयोजक प्रचण्ड


काठमाडौँ :  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन्।जेनजी रेडफोर्सले आइतबार आयोजना गरेको जेनजी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रममा उनले युवाहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएका हुन्।

उनले समानुपातिकको बन्दसूचीमा पनि युवाहरुलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवालाई उम्मेदवार बनाउने जानकारी दिए। पार्टीको केन्द्रीय समितिमा पनि युवाहरूको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए।

प्रचण्डले भने, ‘हामीले जेनजीलाई उच्च प्राथमिकता दिने कोसिस गरेका छौँ। हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अघि सारेर लाखौँ युवालाई सम्बोधन गर्न खोजेका छौँ। आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिक उम्मेदवार र केन्द्रीय समितिमा बढीभन्दा बढी युवालाई समेट्दै छौँ।’ 

उनले जेनजी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताए। उनले भ्रातृसंस्थाहरूले कार्यक्रम आयोजना गर्दा पूर्व माओवादीको शैलीले नगर्न पनि निर्देशन दिए। उनले अब माओवादी नभई नेपाली कम्युनिष्ट पार्टीको स्प्रिटमा सबै लाग्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij