Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

आज शनिबार यस्तो छ तपाइको भाग्यफल

आज शनिबार यस्तो छ तपाइको भाग्यफल

आज शनिबार यस्तो छ तपाइको भाग्यफल


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राज्यपक्ष वा प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ। सुनियोजित योजनाहरूमा बदलाव गर्नुपर्ला जसले गर्दा काममा समय लाग्नेछ। रोजगारीको नयाँ अवसरहरू फेलापार्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कार्यको थालनीको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। धैर्यताको कमीले नकारात्मक परिस्थिति निर्माण हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्तहरूबाट भनेजस्तो सहायता प्राप्त नहोला। बोलीको माध्यमले अधिकारीहरुलाई प्रभावित पार्न सकिनेछ। अरुको जिम्मेवारीमा कुनै कार्य अधुरो नछोड्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक कारणले मनमा चिन्ता र असन्तोष रहनेछ। विषयवस्तु नबुझेको कुनै पनि कार्य आरम्भ नगर्नुहोला। कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा सहयोगीहरूको सहयोग पाइनेछ। कानुनी मुद्दा मामलाहरू सुल्झिनेछन्। नसोचेको स्थानबाट धन लाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सवारी साधन चलाउँदा सावधान रहनुहोला। बोलिको माध्यमबाट बनीरहेको कार्य बिग्रिन सक्ला सचेत रहनुहोस्। राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा आलस्यदेखि बच्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पहिलाका कमी कमजोरीहरूलाई सुधार्ने समय रहेको छ। योजनाबद्ध प्रयासले परिस्थितिलाई सकारात्मक दिशातर्फ लिएर जान सकिनेछ। मुद्दा मामलाहरूमा पक्ष बलियो रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूको साथ हुनाले मनोबल उच्च रहनेछ। आत्मसम्मानको लागि संघर्ष गर्नुपर्ला। नोकरी वा पेशामा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मानसम्मानमा वृद्धि हुनेछ। आर्थिक स्थिति सबल रहनेछ। महत्वकांक्षी योजनाहरू पूरा गर्ने समय रहेको छ। रचनात्मक कार्यमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा समय लागे पनि सकारात्मक सोचको साथ कार्य गर्नुहोस् सफलता मिल्नेछ। अध्ययनमा ध्यान केन्द्रित गर्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ७ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) माननीय जनहरूको मध्य तार्किक विषयलाई लिएर चर्चा रहनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। रचनात्मक वा लेखन कलामा निखार आउनेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट