Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

राष्ट्रिय जनमत पार्टीका नेता शेख पक्राउ, अवैध आर्थिक कारोबारको आशंका

राष्ट्रिय जनमत पार्टीका नेता शेख पक्राउ, अवैध आर्थिक कारोबारको आशंका

 

बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी अवैध आर्थिक कारोबारको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ ।

प्रहरीले नेता शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाँदै गर्दा दाङ जिल्ला, अमिलियाबाट नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईबाट प्राप्त जाहेरीका आधारमा ४० वर्षीय शेखविरुद्ध अनुसन्धान अगाडि बढाइएको छ । प्रारम्भिक अनुसन्धानले चार करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शङ्कास्पद हुन्डीमार्फत अवैध कारोबार भएको देखाएको प्रहरीले जनाएको छ ।

केवाईसी विवरण र वास्तविक कारोबारबीच ठूलो अन्तर देखिनुले यस गतिविधि मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धिकरण) सँग सम्बन्धित हुनसक्ने आशङ्का गरिएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

शेख यसअघि जनमत पार्टीमा संलग्न थिए र गत प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । यसपटक उनले राष्ट्रिय जनमत पार्टी खोलेर त्यही क्षेत्रबाट फेरी उम्मेदवार बन्ने तयारी गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट