Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

सर्लाहीमा नेकपाको सन्देश सभा : नारायणकाजीले सम्बोधन गर्ने

सर्लाहीमा नेकपाको सन्देश सभा : नारायणकाजीले सम्बोधन गर्ने

मलंगवा : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीले आज सदरमुकाम मलंगवामा एकता सन्देश सभा आयोजना गर्दैछ । पार्टीका केन्द्रीय नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा मलंगवा पार्टी प्यालेसमा एकता सन्देश सभा गर्न लागिएको हो । यसअघि पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा मलंगवाको तीनबिघे मैदानमा एकता सन्देश सभा आयोजना गर्ने भनिएको थियो ।

तर चुनावी तयारीको व्यस्तताका कारण प्रचण्ड आउन नभ्याउने भएपछि तिनबिघे मैदानको कार्यक्रम स्थगित गरिएको छ । हिजो पुनः नेता श्रेष्ठको प्रमुख आतिथ्यतामा पार्टी प्यालेसभित्रै भए पनि एकता सन्देश सभा आयोजना गर्ने निर्णय गरिएको नेकपाका नेताहरूले बताएका छन् । कार्यक्रमलाई नेता श्रेष्ठले सम्बोधन गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट