Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बालेनसँगको छलफलबाट बाहिरिए रास्वपा नेताद्वय शिशिर र असिम

बालेनसँगको छलफलबाट बाहिरिए रास्वपा नेताद्वय शिशिर र असिम

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल र असिम साह काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलबाट बाहिरिएका छन् । निवर्तमान सांसद अमरेश कुमार सिंह पनि बैठकस्थलबाट बाहिरिएका छन् । स्रोतका अनुसार पूर्व प्रधानमन्त्री डा‍. बाबुराम भट्टराई पनि बैठकस्थल आउँदैछन् । 

यसअघि रास्वपाका सभापति रवि लामिछानेले बालेनसँग छलफल गरेका थिए । लामिछानेका अनुसार बालेनसँगको छलफल सकारात्मक भएको थियो । ललितपुरस्थित बालेन निकट कुमार बेनको घरमा अहिले बालेनले सुदन गुरुङ लगायतसँग छलफल गरिरहेका छन् ।

आजै साँझ रवि र बालेनबिच फेरि भेटवार्ता हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट