Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

बालेनसँगको वार्तापछि रविलाई प्रश्न– बालेनले लौरो समाउँछन् कि घण्टी बजाउँछन् ?

बालेनसँगको वार्तापछि रविलाई प्रश्न– बालेनले लौरो समाउँछन् कि घण्टी बजाउँछन् ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाह (बालेन) सँगको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको घरमा भएको वार्तापछि बाहिर निस्किने क्रममा रविले सो प्रतिक्रिया दिएका हुन् ।

यद्यपि रविले बाँकी कुरा भने बताउँन चाहेनन् । सो क्रममा सञ्चारकर्मीहरुले ‘बालेनले घण्टी बजाउने कि लौरो समाउने ?’ भन्दै प्रश्न गरेका थिए । रविले त्यो समयले बताउने प्रतिक्रिया दिँदै वार्ता स्थलबाट बाहिरिए ।

वार्तामा भएको कुराबाट थप पत्रकारले प्रश्न गर्दा रविले ‘मेरो अनुहारले के बताउँछ ?’ भन्ने प्रतिप्रश्न गरेका थिए ।

आगामी निर्वाचनमा एक भएर जाने गरी रास्वपा र बालेनको समूह तयारीमा जुटेको छ । त्यसैका लागी बालने विभिन्न व्यक्तिहरूसँग छलफलमा जुटेका छन् ।

यसअघि सोमबार राति कमलपोखरीमा सभापति लामिछाने र मेयर बालेनबीच पनि छलफल भएको थियो छलफलमा अहिलेको सरकारले नेतृत्व बालेनले गर्ने र पार्टीको नेतृत्व रविले गर्ने छलफल भएको थियो । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले सम्हाल्ने र बालेनले सहयोग गर्ने विषयमा पनि छलफल भएको थियो ।

यस्तै बुधबार राति पनि बालेनले विभिन्न व्यक्तिहरूसँग छलफल गरेका थिए । उक्त छलफलमा सिके राउत, रेशम चौधरी, डा। भगवान् कोइराला, राप्रपा नेता ज्ञानेन्द्र शाही, सरसरफाई तथा युवा अभियन्ता केपी खनाल, जेनजी फ्रन्टकी संयोजक रक्षा बम, अभियन्ता सागर ढकाल, पूर्व सचिव भीम उपाध्याय, पूर्व विवकेशील साझाका नेता मिलन पाण्डे, कलाकार निश्चल बस्नेत, पत्रकार ऋषि धमला, सञ्चार उद्यमी कैलाश सिरोहिया, सञ्चारकर्मी सुरजसिंह ठकुरी समेत छलफलमा सहभागी थिए ।

त्यस्तै आजै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा र कुलमानले समेत बालेनलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट