Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते

आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते

कल्याणपुर (सप्तरी), : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् । गाउँपालिकाको वडा नम्बर २ स्थित मिथला टोलमा आगो ताप्ने क्रममा स्थानीय २८ वर्षीया अमृता कुमारी मण्डल गम्भीर घाइते हुनुभएको हो ।

सोमबार साँझ आफ्नै गाईगोठमा आगो बाली घुर ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा अमृता गम्भीर घाइते हुनुभएको थियो । आगोले उहाँको शरीर ४० प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । गम्भीर घाइते उहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट