काठमाडाैँ : सेयर बजार परिसूचक आज बढेको छ । ६ दिनको लगातार गिरावटपछि आज मंगलबार बजार ७.३९ अंकले बढेको हो । योसँगै परिसूचक २६१४.०७ अंकमा पुगेको छ । बजार बढे पनि आज कारोबार रकम घटेको छ । बजारमा आज ३ अर्ब ७५ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।
आज बजारमा १४८ वटा कम्पनीको मूल्य बढेको छ । १०१ कम्पनीको मूल्य घटेको छ । ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा १३ समूहका सूचकमध्ये चारवटा समूहका सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेका छन् । घटबढ भएका सबै समूहका परिसूचकमा १ प्रतिशत भन्दा कमको उतारचढाव देखिएको छ।
आज बजारमा स्वस्तिक लघुवित्तको स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङखोला जलविद्युतको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij