Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

देशभर भन्सार सेवा ठप्प, आयात–निर्यात पूर्णरूपमा अवरुद्ध

देशभर भन्सार सेवा ठप्प, आयात–निर्यात पूर्णरूपमा अवरुद्ध

काठमाडौँ :  देशभर रहेका सबै भन्सार कार्यालय आजदेखि ठप्प भएका छन्। भन्सार एजेन्ट महासङ्घको आह्वानपछि देशभरको भन्सार जाँचपास रोकिएसँगै मुलुकभर आयात–निर्यात पूर्णरूपमा अवरुद्ध भएको छ।

संसदबाट केही समयअघि पारित भन्सार ऐनमा समावेश गरिएका केही प्रावधान अन्यायपूर्ण भएको भन्दै महासङ्घले लामो समयदेखि सच्याउन माग गर्दै आएको थियो। तर निरन्तर आग्रह र लबिङ गरिए पनि सरकारले कुनै कदम नचालेपछि बाध्य भएर भन्सार जाँचपास नै स्थगित गरिएको महासङ्घले जनाएको छ।

महासङ्घका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार भन्सार ऐनका अव्यवहारिक व्यवस्थाहरू, सर्भरका निरन्तर समस्या र पेशागत हकहितमा ठूलै चुनौती आएपछि चरणबद्ध आन्दोलनअन्तर्गत आजदेखि देशव्यापी पेनडाउन सुरु गरिएको हो।
विशेषगरी दफा ७१(झ) मा विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा कागजात अपलोड गर्दा भुलवश भएका गल्तीमै पनि जरिवाना गर्ने प्रावधानप्रति महासङ्घको कडा आपत्ति छ।

यसअघि सोमबार वीरगञ्ज भन्सार कार्यालयमा गरिएको पेनडाउनले आंशिक रूपमा प्रभाव पारेको थियो। तर माग सुनुवाइ नभएको कारण आजदेखि देशभरका सबै भन्सार कार्यालयको सेवा अवरुद्ध गर्नुपरेको घिमिरेले बताए।

भन्सार सेवा ठप्प भएपछि आयात–निर्यातका सवारी साधनसीतै व्यापारिक आपूर्ति श्रृंखला पनि प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij