Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

होम डेलिभरी र हेल्थ प्याकेजमा छुटसहित बैंक–ल्याब सम्झौता

होम डेलिभरी र हेल्थ प्याकेजमा छुटसहित बैंक–ल्याब सम्झौता

काठमाडौँ : नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रालिबीच विशेष सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका कर्मचारी र खाता धनी ग्राहकहरूले पाटन हेल्थ ल्याब, ललितपुर थसिखेलमा उपचार गर्दा विशेष छुट पाउने छन्।

सम्झौताअनुसार, ल्याबका विभिन्न स्वास्थ्य प्याकेज र सेवामा बिल रकमको १० देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। साथै, होम डेलिभरी सेवामा पनि निःशुल्क सुविधा उपलब्ध हुनेछ।

बैंकको तर्फबाट निर्मल सुवेदी, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख र पाटन हेल्थ ल्याबको तर्फबाट सरिता खड्का, प्रबन्ध निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यस सम्झौताबाट बैंकका कर्मचारी र ग्राहकहरूले सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij