काठमाडौँ : रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ आज (सोमबार) निष्कासन भएको आधा घण्टाभित्रै ओभरसब्सक्राइब भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्टाएको ११ लाख ५५ हजार ९६० कित्ताको १० प्रतिशत सेयर यसक्रममा जारी गरेको हो। आईपीओ खुल्दाको एक घण्टाभित्रै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेको कम्पनीले जनाएको छ।
विभिन्न ३६ बैंकमार्फत १ हजार ९७० जना लगानीकर्ताले आवेदन दिएका छन्। वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले मङ्सिर २५ (बिहीबार) सम्म आवेदन दिन सक्नेछन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij