ललितपुर : सिद्धार्थ बैंक लिमिटेडले फोनपे पेमेन्ट सर्भिससँगको साझेदारीमा सिद्धार्थ फोनपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ। यस कार्डले ग्राहकहरूलाई पूर्ण रूपमा डिजिटल, सुरक्षित र कन्ट्याक्टलेस भुक्तानीको सुविधा प्रदान गर्दछ।
नेपाल प्रिमियर लिगको कार्यक्रममार्फत बैंकका उप–मुख्य कार्यकारी अधिकृत रामेश्वर बस्यालले कार्ड अनावरण गरे। प्रयोगकर्ताहरूले मोबाइल बैंकिङ एपमार्फत कार्ड तुरुन्तै सक्रिय गरी देशभरका १.८ मिलियनभन्दा बढी फोनपे QR व्यापारीहरूमा भुक्तानी गर्न सक्नेछन्।
विशेष लन्च अफरमा नयाँ प्रयोगकर्तालाई ५०% क्यासब्याक (अधिकतम रु.७५०) पनि उपलब्ध हुनेछ।
फोनपे क्रेडिट कार्ड अब नेपालका ८ प्रमुख बैंकहरूमा उपलब्ध छ, जसमा सिटिजन्स बैंक, लक्ष्मी सनराइज, कुमारी बैंक, महालक्ष्मी विकास बैंक, एभरेष्ट बैंक, गरिमा विकास बैंक र सिद्धार्थ बैंक समावेश छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij