काठमाडौं : चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । सार्वजनिक बिदाको अवसर पारेर फिल्मले आफ्नो प्रदर्शन यात्रा सुरु गरेको हो।
सुशान्त गौतम निर्देशित यस चलचित्रको कथा मुकेश खनालले लेखेका हुन्।
फिल्ममा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल र शिशिर बाङदेललगायत कलाकार प्रमुख भूमिकामा देखिएका छन्। अभिनेत्री रेखा थापा भने अतिथि भूमिकामा प्रस्तुत भएकी छन्।
‘अभिमन्यु’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन्। कार्यकारी निर्माता भएर विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठले काम गरेका छन्। चलचित्रका डीओपी शरद महतो हुन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij