Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नलिन्चोक हेलिप्याडमा अनियमितता आरोप: नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

नलिन्चोक हेलिप्याडमा अनियमितता आरोप: नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पक्राउ गरेको छ । भक्तपुरको नलिन्चोकस्थित हेलिप्याड निर्माणमा अनियमितता गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको छ। आयोगले अधिकारीलगायत सम्बन्धित व्यक्तिमाथि अनुसन्धान पूरा गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा वातावरणीय प्रभाव मूल्यांकन बिना हेलिप्याड निर्माण गरिएको तथा प्रक्रियागत अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले छानबिन अघि बढाएको थियो। सो हेलिप्याडको उद्घाटन ७ असार २०८१ मा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र महानिर्देशक अधिकारीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट