ललितपुर : ‘अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन’ मूल नाराका साथ ललितपुर महानगरपालिकाले आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रममार्फत मनाएको छ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले बनाएका चित्रकला, नृत्य, गायन लगायतका विभिन्न क्षमताहरूको प्रदर्शनी प्रस्तुत गरिएको थियो।
महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सो अवसरमा केही व्यक्तिहरूलाई सम्मान पनि प्रदान गरे।




© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij