Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

शिक्षक, विद्यार्थी र पत्रकारलाई अन्तर्दृष्टि पुरस्कार प्रदान गरिने

शिक्षक, विद्यार्थी र पत्रकारलाई अन्तर्दृष्टि पुरस्कार प्रदान गरिने

काठमाडौं : अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा ‘अन्तर्दृष्टि पुरस्कार’ २०८२ का विजेताहरू घोषणा भएका छन्। यो पुरस्कार डा. कमल लामिछानेद्वारा विसं. २०७७ मा स्थापना गरिएको हो र यस वर्ष तीनजनालाई प्रदान गरिनेछ।

देशभरका समावेशी शिक्षा सञ्चालन हुने विद्यालयका कक्षा ८–१० का दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणको आधारमा अन्तर्दृष्टि नमुना शिक्षक र अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी चयन गरिएको छ।

  • अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार: काठमाडौंको ल्याबोरेटरी माध्यमिक विद्यालयका शिक्षक क्षेत्रबहादुर बुढाथोकी (रकम: २० हजार)

  • अन्तर्दृष्टि हातेमालो पुरस्कार: ल्याबोरेटरी माध्यमिक विद्यालय कक्षा ८ की विद्यार्थी प्रसिखा भट्टराई (रकम: १० हजार)

  • अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार: नेपाल टेलिभिजनकी पत्रकार आरती चटौती (रकम: १५ हजार)

सबै पुरस्कार प्रमाणपत्रसहित प्रदान गरिनेछन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट