Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

नक्कली नोटसहित तीन जना पक्राउ

नक्कली नोटसहित तीन जना पक्राउ

रौतहट  : रौतहट स्थित सशस्त्र प्रहरीले एकहजार दरको ११७ थान नेपाली नक्कली नोटसहित तीनजना युवकलाई पक्राउ गरेको छ। ईशनाथ नगरपालिका–४ लतमरी स्थित सशस्त्र प्रहरीले भारततर्फबाट नेपाल प्रवेश गर्न खोजिरहेका तीन जना युवकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो।

सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीका अनुसार सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैयाबाट खटिएको टोलीले मंगलवार अपराह्न ४ बजे भारतीय नम्बर प्लेट विआर ०५ ए टि ०९८३ रहेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एक हजार दरका ११७ थान नक्कली नेपाली नोट बरामद गरेको हो।

नक्कली नोटसहित पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका ४ का २० वर्षीय गोनालाल राउत, सोही स्थानका २० वर्षीय अजय पटेल, र भारत, बिहार जिल्ला पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत–२ का २३ वर्षीय जय प्रकाश कुमार रहेको एसपी अधिकारीले जानकारी दिएका छन्।

बरामद नक्कली नोटसँगै मोटरसाइकल चालक र साथमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि प्रहरी चौकी मठियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट